इतिहास

इतिहास शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन)को तात्पर्य हो "यो निश्चय थियो"। ग्रीसका मान्छेहरूले इतिहासको लागि "हिस्ट्री" (history) शब्दको प्रयोग गर्थे। "हिस्तरी"को शाब्दिक अर्थ "बुन्नु" थियो। अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरूलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरिन्थ्यो जुन सार्थक र सुसंबद्ध बन्न सकोस। यस प्रकार इतिहास शब्दको अर्थ हो - परम्परादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि लोक कथा), बीरगाथा) (जस्तै कि महाभारत) अथवा ऐतिहासिक साक्ष्य। इतिहास अन्तरगत हामी जुन विषयको अध्ययन गर्छौँ त्यसमा अहिले सम्म घटित घटनाहरू अथवा त्यो सँग सम्बन्ध राख्ने घटनाहरूको कालक्रमानुसार वर्णन हुन्छ। अर्को शब्दमा भन्दा अहिले सम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो। अथवा प्राचीनतादेखि नवीनता तर्फ आउने मानवजाति सँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो।