क्रोमोजोम (गुणसूत्र) भनेको के हो ?

एक क्रोमोजोम भनेको DNA को एक संगठित प्याकेज हो जुन सेलको न्यूक्लियसमा भेटिन्छ । क्रोमोजोम प्रोटिन र डीएनएको एउटा अणुवाट बनेको हुन्छ । एउटा मानिसमा २३ जोडी क्रोमोजोमहरु गाँसिएर बसेका हुन्छन् जस भित्र दुइ भागमा जोडी क्रोमोजोमहरू हुन्छन् । २२ जोडी संख्यागत क्रोमोसोमहरूलाई अटोसोम (autosomes) भनिन्छ भने एक जोडी सेक्स क्रोमोसोमलाई एक्स र वाई । सेक्स क्रोमोसोमहरू, पुरुष र महिला बीच भिन्न हुन्छन, महिलाको X क्रोमोसोमको दुई प्रति हुन्छन् , जबकि पुरुषहरुमा एक X र एक Y क्रोमोसोम हुन्छ । प्रत्येक अभिभावकले प्रत्येक जोडीमा एउटा क्रोमोसोम योगदान गर्दछ ताकि सन्तानले आफ्नी आमाबाट आधा र बुवाबाट आधा क्रोमोसोम प्राप्त गर्दछ । महिलामा एक्स-एक्स र पुरुषमा एक्स-वाईका रूपमा क्रोमोसोम जोडाहरू बसेका हुनाले कसैबाट जन्मिएको शिशुमा यो प्याटर्न आमा, बुबासँग ठ्याक्क मिले उनीहरूबाटै जन्मिएको हो भन्ने प्रमाणित हुन्छ ।